उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

चितवन अनलाईन न्युज

बैशाख ९, २०८१

share this:

pDd]baf/ dgf]gogkq kl5 sf7df8f}F, @& r}t M /fli6o;efdf l/Qm pkfWoIf kbsf] lgjf{rsf nflu dËnaf/ cfcfˆgf] dgf]gogkq btf{kl5 g]skf -Pdfn]_sf pDd]baf/ ljdnf l3ld/] / g]sfsf pDd]baf/ lji0f'b]jL k'8f;}gL . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । 

उनले भनेकी छन्- ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’