त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोरखा पत्रकार समाजका पदाधिकारीसँगको भेटमा उनले त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामा रहेको जनाउँदै सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता रहेको प्रस्ट्याएका हुन् ।
सामाजिक सञ्जालमा शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकीलाई कुलपतिले उपकुलपतिमा नियुक्ति गरेको भन्दै बधाई तथा शुभकामना आदानप्रदान भइरहेको छ ।
शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले बुढाथोकीसहित पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल र त्रिवि गणित विभागका पूर्वप्रमुख टंकनाथ धमलाको नाम सिफारिस गरेको छ ।
यी तीनमध्ये १ जनालाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था त्रिवि ऐनमा छ । प्रधानमन्त्री तथा कुलपति दाहालले बराललाई नियुक्त गर्न चाहे पनि माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले बुढाथोकीलाई नियुक्ति गर्न दबाव दिइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।