युवापुस्तालाई लागुऔषधकाे दुर्व्यसनीबाट बचाउनु हामी सबैको दायित्व हो: गृहमन्त्री खाँण

news_cgdkg0

असार १२, २०७९

share this:

काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले लागुपदार्थको दुर्व्यसनीकाे कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए।

गृहमन्त्री खाँणले भने, ‘लागुपदार्थ चुनौतीको रूपमा अघि बढेको छ। लागुपदार्थको दुर्व्यसनकाे कारणले समाजलाई गम्भीर असर पारेको छ। आज सबैभन्दा बढी प्रभाव युवापुस्तामा परिरहेको छ। हाम्रो युवापुस्तालाई दुर्व्यसनीबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो। सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ। आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवाहरूलाई सुधार्न अभियान थाल्नुपर्नेछ। आजबाट नै लागुपदार्थबाट मुक्त हुनुहोस्।’गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरूमध्यमा लागुपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको पनि उल्लेख गरे।