बसले टाटा सुमो जिपलाई ठक्कर दिँदा पाँच जना घाइते
चैत्र १५, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरस्थित चितवन बोडिङ स्कुलअगाडि नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् ।
नम्बर नखुलेको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री भरतपुर–२ बस्ने ५२ वर्षीया विष्णु शर्मा सापकोटा घाइते भएकी हुन् ।
घाइते महिलाको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने स्कुटर फरार रहेकोले खोज तलास कार्य भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।