विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडि बढाउन आग्रह
चैत्र २२, २०८०
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१८, चनौली पेट्रोल पम्पअगाडि ट्रयाक्टरबाट लडेर एक युवक घाइते भएका छन् ।
मिलनचोकबाट चनौलीतर्फ आउँदै गरेको ना ३ त ४९४८ नम्बरको ट्रयाक्टरको पछाडिपट्टी जडान गरिएको ढलान गर्ने मिक्चरमाथिबाट अचानक लड्दा भरतपुर–२३ बस्ने ३२ वर्षीय सुमन दराई गम्भीर घाइते भएका छन् ।
घाइते दराईको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा निका श्रीमती माया दराई संग्लन रहेकी छन् । ट्रयाक्टर र चालक इलाका प्रहरी कार्यालय, चनौलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।