बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

केशव

बैशाख १०, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–२, टाँडी चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा बसको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ३ ख ३००३ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना ५५ प ५१७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर–३ बस्ने ४० वर्षीया सीता भुजेल र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ५० वर्षीया मीना बगाले घाइते भएका हुन् ।

दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन तथा बस चालक राप्ती–३ बस्ने ३४ वर्षीय किशोर परियार इलाका प्रहरी कार्यालय, टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।