राप्ती । राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम सडक खण्डमा सुनाचुरी व्यारेकमा सामान छोडेर काठमाडौँ फर्किने क्रममा नेपाली सेनाको प्रदेश ३–०१–००१ ग ३५३९ नम्बरको वानटन गाडीले विपरीत दिशाबाट आइरहेको बा ३ ख ३८१९ नम्बरको यात्रुबाहक मिनिबसलाई ठक्कर दिँदा चालकसहित चार जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा राप्ती–४ बस्ने ३५ वर्षीया उर्मिला गौतम (ढुङ्गाना), निजका छोरा ३ वर्षीय दीक्षान्त ढुङ्गाना, बस चालक राप्ती–८ बस्ने ४५ वर्षीय तारानाथ पाठक र सहचालक राप्ती–५ बस्ने ३४ वर्षीय विष्णु मोक्तान रहेका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।