कावासोतीमा माओवादी निकट शिक्षकको अधिबेशन
खगेन्द्र पराजुली,
नवलपुर, माघ २८ ।
नेकपा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन नवलपुर जिल्ला समन्वय समितिको छैंठौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएको छ ।
संगठनका जिल्ला अध्यक्ष सुमित्रा लम्सालको अध्यक्षता सम्पन्न उद्घाटन सत्रमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य किशन शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने संगठनका केन्द्रीय सचिव नारायण अर्यालको विशिष्ट आतिथ्यता रहेको हो ।
पार्टी नेता शर्माले संगठनभित्र पनि थुप्रै समस्या र चुनौती रहेको बतउँदै ति समस्याको चिरफार गर्दै संगठनलाई मजवुत पार्दै अगाडी वढ्नुपर्ने बताए । उनले संगठनमा संख्यात्मक सहभागिता थोरै भएपनि यो संगठन गुणत्मक रुपमा बलियो रहेको बताए ।
संगठनका केन्द्रीय सचिव नारायण अर्यालले संगठनको विगतको ईतिहास, संगठनको भूमिका र संगठनमा भएका गतिविधिहरुका बारेमा बोलेका थिए ।
नेपाल शिक्षक महासंघ नवलपुरका सहसचिव नारायण भण्डारी, संगठनका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकीका महासचिव टीकाराम भुसाल, अनेमसंघ क्रान्तिकारी नवलपुर संयोजक गोमा घिमिरे दवाडी लगायतले अधिबेशन सफलताको शुभकामना भनाई राखेका थिए ।
उद्घाटन समारोहकाबीच शिक्षकद्धय डा. गोपाल लम्साल र घनश्याम भुसाललाई संगठनले सम्मान तथा अभिनन्दन गरेको थियो । कार्यक्रमको सञ्चालन संगठनका जिल्ला उपाध्यक्ष दधिराम सापकोटाले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष दुजराज श्रीपालीले गरेका थिए ।
कावासोतीको पुन सभा हलमा आयोजित अधिबेशनको अहिले बन्दसत्र जारी छ । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।