प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

चितवन अनलाईन न्युज

चैत्र ४, २०८०

share this:

काठमाडौं, ४ चैत । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।

आइतबार यो सेसनमा १.५३ अंकले बढेको सेयर बजार २०८०.४१ विन्दुमा पुगेको छ । 

यस सेसनमा ३३ कम्पनीको ३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा १४ लाख ६८ हजार २७५ रुपैयाँको कारोबार भएको छ । 

यस सेसननमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।