नेकपा एमाले चितवनको जिल्ला अधिवेशन २ दिनपछि सर्याे
नेकपा ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनलाई दुई दिनपछि सारिएको छ । आगामी जेठको १०, ११ र १२ गते हुने भनिएको अधिवेशन जेठ १२, १३ र १४ गतेलाई सारिएको हो ।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समय व्यस्ताताका कारण अधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए । अध्यक्ष ओली झापामा जानुपर्ने भएकाले अधिवेशन सारिएको अध्यक्ष न्यौपानेले बताए ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।
अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।
यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ । एमालेले प्रत्येक ३र३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।
अधिवेशनको तीव्र तयारीमा यतिखेर एमाले चितवन लागेको छ । विभिन्न पार्टी कमिटीसहित जनवर्गाीय संगठनहरु अधिवेशनलाई सफल बनाउन उल्लासमय तरिकाले जुटिरहेका छन् ।