कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै
बैशाख ३०, २०८१
हेटौँडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मंगलबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।
सोमबार नै दाबी पेस गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो।
नयाँ सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि मंगलबार बिहान ११ः०० बजे लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए । सोही आह्वानअनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । प्रदेश प्रमुख शर्माले मंगलबार साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।