चितवन महोत्सवको प्रवर्द्धनका लागि साइकल र्‍याली

केशव

पुस २१, २०८१

share this:

चितवन । यही पुष २५ देखि सुरू हुने १५औँ संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल ¥याली निकालिएको छ । चितवन महोत्सव मूल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल ¥याली गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रवद्र्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रवद्र्धन गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मूल आयोजक समितिका संयोजक सुमनकुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष बलराम अधिकारीले संयुक्तरुपमा उद्घाटन गरी ¥याली सुरू भएको थियो ।

दुई चरणमा गरिएको ¥यालीमा पहिलो चरणमा करिब एकसय बढी र दोस्रो चरणको ¥यालीमा ४१ जनाको सहभागिता रहेको सुवेदीले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य संघ (उवासंघ) चितवन परिसरबाट सुरू भएको पहिलो चरणको ¥याली लीला चोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल (पारस बसपार्क), हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।

पहिलो चरणको ¥याली सकिएपश्चात दोस्रो चरणको ¥याली सुरू भएको थियो । दोस्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहीदचोक, बेलचोक, धर्मचोक, यज्ञपुरी, टाइगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल हुँदै भरतपुर–२२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको थियो ।

स्टोनपार्क परिसरमा एक कार्यक्रमबीच भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदीतटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरे, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए ।

सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मानसमेत गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनबासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रही आएको र आगामी दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रवद्र्धनमा पु¥याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिँदै ओलीले आगामि दिनमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे ।

१५औँ संस्करण चितवन महोत्सव यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदीकिनारमा आयोजना हुँदैछ ।