चितवन महोत्सवमा शनिबारदेखि राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगिता

केशव

माघ ४, २०८१

share this:

चितवन । उद्योग वाणिज्य संघ चितवनद्वारा नारायणगढस्थित नारायणी नदीकिनारको प्रदर्शनी मैदानमा आयोजित १५ औँ संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको दशौँ दिन शनिबार माघ ५ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीका अनुसार भोलिबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ ।

त्यसैगरी ११ः०० बजे कलाकार शिरीष देवकोटाको प्रस्तुति रहने छ । त्यसपछि निरन्तर सांस्कृतिक कार्यक्रम भइरहने छन् । जादुगर बलराम सरकारको जादु समेत प्रस्तुति गरिने छ । त्यसैगरी स्थानीय कलाकार विक्रम क्षेत्री, टीकाराम ढकाल, जुना डिसी र सरिता गुरुङको प्रस्तुतिसमेत रहने छ ।

त्यसैगरी नारायणी कलामन्दिर नारायणगढको विभिन्न प्रस्तुति, नेपाल पुलिस कलाकार काठमाडौँ, तमु ह्युला छोंज धि चितवन, नेपाल मगर संघ चितवन, पुन समाज नेपाल चितवन र नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुति रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सवअन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।