मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक घाइते

केशव

जेष्ठ १५, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, ढुङ्गाना चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक घाइते भएका छन् ।

दुर्घटनामा ना ३५ प ९५०४ नम्बरको मोटरसाइकल चालक नवलपुरको गैँडाकोट–६ बस्ने ३५ वर्षीय सुदीप बुढाथोकी र ना ४४ प ४२४८ नम्बरको मोटरसाइकल चालक सिन्धुलीको दूधौली–९ बस्ने २२ वर्षीय थिलनाथ पौडेल घाइते भएका हुन् ।

दुवै चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।