मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिला घाइते

केशव

जेष्ठ २२, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, चौबीसकोठीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् ।

ना ४३ प ७५७९ नम्बरको मोटरसाइकलले पैदलयात्री भरतपुर–९ बस्ने ४५ वर्षीया किरण पासवान घाइते भएकी हुन् ।

घाइते महिलाको चितवन अस्पताल, भरतपुरमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर सरकारी अस्पताल रिफर भई उपचार भइरहेको छ ।

घाइतेको उपचारमा मोटरसाइकल चालक प्रहरी चौकी भैरूङ, गोरखा दरबन्दी भई प्रहरी चौकी भुम्ली, गोरखामा कार्यरत प्रहरी जवान तनहुँको देवघाट–१ बस्ने २५ वर्षीय टेकबहादुर गुरूङ र घाइतेका श्रीमान् मदन पासवान संलग्न रहेका छन् ।