नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

केशव

असार २७, २०८२

share this:

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका-१, बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट-१, बेलुवा निवासी ३८ वर्षीय दीपेन्द्र सेर्पुन्जा घाइते भएका हुन् ।

शुक्रबार बिहान बेलुवाका त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते भएका उनलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल कावासोती-१६, डण्डा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको छ । बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान बचाउन सफल भएको स्थानीयले जनाएका छन् । साथै, बाघ जंगलतर्फ गएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।