महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री प्रहरी नियन्त्रणमा

news_cgdkg0

जेष्ठ ३१, २०७९

share this:

दाङ–लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनिमाथि तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोप छ। मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा वलीलाई थुनेर राखेका थिए । घटना बारे थप विवरण आउन बाँकी छ ।