कतारी अमिर थानी शितल निवास पुगे

चितवन अनलाईन न्युज

बैशाख ११, २०८१

share this:

stf/sf cld/nfO{ g]kfndf :jfut sf7df8f}F, !! j}zfvM /fi6«klt /fdrG› kf}8]nsf] lgdGq0ffdf g]kfnsf] b'O{lbg] /fhsLo e|d0fdf cfh cfpg'ePsf stf/sf cld/ z]v tldd lag xdfb cn yfgL lqe'jg cGt/f{li6«o ljdfg:yndf . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् ।

आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

अहिले कतारी अमिरले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।  

यस अघि त्रिभुवन विमानस्थलमा कतारी अमिर थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।