भरतपुरमा नेपालकै वरिष्ठ विशेषज्ञहरुबाट कपाल तथा अनुहारको नि:शुल्क परिक्षण हुदैँ
भरतपुर १० स्थित चितवन मेडिकल कलेज अगाडी रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरमा यही १२ र १३ गते नेपालकै वरिष्ठ विशेषज्ञहरुबाट कपाल तथा अुनहारको नि:शुल्क परिक्षण हुने भएको छ ।
नेपाल मै पहिलो पटक ल्याइएको स्किन एनलाइजरबाट अनुहारको निशुल्क परिक्षण गरिने भएको छ भने उपचारका लागी विशेष छुट रहेको पनि रहेको छ ।
उक्त परिक्षण बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म हने भएको छ । कपाल पातलो वा पूर्ण रुपमा तालु भएका, अनुहारमा पोतो, दाग, चाउरीपना भएका व्यक्तिहरूले सम्पर्क गरेर मौकामा फाइदा उठाउन लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरका दन्त चिकित्सक जयराम जोशीले आग्रह गरेका छन् ।
कपाल पूर्णरुपमा झरेको वा पातलो भएका महिला तथा पुरुषलाई नयाँ कपाल उमार्ने तथा कपाल रोप्ने, कपालमा PRP वा GFC गर्ने, अनुहारमा भएका कोठी दागहरुलाई पूर्ण रुपमा हटाउने, अत्याधुनिक मेसिनबाट अनुहारको हाईट्रोफेसियल, BOTOX अनुहारको चाउरीपना हटाउने, नाक, ओठ सर्जरी गरी मिलाउने र गालामा डिम्पल बनाउने जस्ता सेवाहरु लाइफलाइन हेयर ट्रान्सप्लान्टले दिदैँ आएको छ ।