बागमती प्रदेशमा मन्त्रीले लिए शपथ

केशव

साउन ९, २०८१

share this:

चितवन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा एमालेका छ र मुख्यमन्त्रीसहित कांग्रेसका चार मन्त्रीले शपथ लिएका हुन् ।

१३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित सात र एमालेको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ६ वटा मन्त्रालय परेको छ ।

एमालेबाट चितवनका सांसद् कृष्ण सिलवाल वन तथा वातावरणमन्त्री बनेका छन् । प्रकाश श्रेष्ठ कृषि तथा पशुपक्षी विकासमन्त्री बने । सुकमाया तामाङ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, कृष्ण सिलवाल वन तथा वातावरणमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री र किरण थापा स्वास्थ्यमन्त्री बनेका छन् ।

कांग्रेसका तीन मन्त्रीमा कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठले शपथ खाएका छन् ।