युवा गायक खनालको ‘हल्का हल्का पिउनुपर्छ’ गीत सार्वजनिक

केशव

पुस २५, २०८१

share this:

काठमाडौँ । युवा गायक बालकृष्ण खनालले नयाँ गीत बिहीबार ‘हल्का हल्का पिउनुपर्छ’ आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

‘चोट हजार लाग्छन्, जिन्दगी हो हजुर जिउन जान्नुपर्छ, नजाने बिख जाने दबाई हो हजुर सराब पिउन जान्नुपर्छ’ भन्ने भावसहित उनले आफ्नै स्वर र सङ्गीत दिएका छन् ।
उनले गीतमा भनेका छन् :

जिन्दगी हो.. उध्रि रहन्छ बेला बेला सिउनुपर्छ..
कहिले कसो मेसो मिल्दा हल्का हल्का पिउनुपर्छ..

पाकिस्तानी लोकगीतमा आधारित यसको शब्द रचना चितवनका दीपक बस्नेतले गरेका छन् भने भिडियोमा अर्जुन सापकोटा, गायक खनाल स्वयं र मेलिना सुवेदीलगायतका कलाकारले अभिनय गरेका छन् । कौवाली फेवरको उक्त गीतले सराब अर्थात् सोमरस थोरै पिए अमृतसमान र धेरै पिए बिखसरह हुन्छ भन्ने सन्देश दिएको छ ।

गायक खनालले यसअघि ‘घात भयो’ गीत युट्युबबाट सार्वजनिक गरेका थिए । शास्त्रीय सङ्गीतमा आचार्य गरेका खनालले युवापिंढी र युग सुहाउँदो हल्का हल्का पिउनुपर्छ बोलको गीत स्रोताले अत्यधिक रुचाउने अपेक्षा गरेका छन् ।

उनले गीतमा थपेका छन् :

इन्द्रेणीको रंगसँगै झुमिझुमी जिउनुपर्छ
घर–अफिस, अफिस–घर कति तनाव लिनुपर्छ
सुख–दुःख महसुस न हो जसोतसो जिउनैपर्छ
कहिले कसो मेसो मिल्दा हल्का हल्का पिउनुपर्छ….

प्रस्तुत गरिएको भिडियोमा शेयर कारोबार डुबेको, व्यापार सुनसान भएको पीडामा सराब पिउँदा पतिपत्नीमा द्वन्द्व बढेको विषयलाई पनि चित्रण गरिएको छ ।

हेर्नुहोस्, पूरा भिडियो >>