डन एकेडेमीले जित्यो अन्तरविद्यालय यु–१३ फुटबलको उपाधि

भरतपुर । भरतपुरको डन एकेडेमीले माघ २१ देखि २३ गतेसम्म आयोजित अन्तरविद्यालयस्तरीय यु–१३ फुटबल प्रतियोगिता–२०८१ को उपाधि जित्न सफ भएको छ ।
प्रतियोगितामा चितवन र नवलपुर क्षेत्रका ३० विद्यालयको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र प्रतिष्पर्धात्मक भावना बढाउन महत्त्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेलमा डन एकेडेमीले सिर्जना बोर्डिङ स्कुललाई १–० गोलअन्तरले हराउँदै उपाधि जित्न सफल भयो । खेलको निर्णायक गोल २५औँ मिनेटमा संगम थापाले गरेका थिए, जसले टिमलाई अग्रता दिलाउँदै जित सुनिश्चित ग¥यो । सिर्जना बोर्डिङ स्कुलले खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गर्ने मौका बनाउन असमर्थ रह्यो ।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनको आधारमा विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो । डन एकेडेमीका सौगात तामाङलाई उत्कृष्ट गोलकिपर, सुशान्त गर्जा मगरलाई उत्कृष्ट डिफेन्डर, समर्पण राउतलाई सर्वाधिक गोलकर्ता र संगम थापालाई उदीयमान खेलाडीको रूपमा सम्मानित गरिएको थियो ।
डन एकेडेमीकी प्रिन्सिपल सङ्गीता ओस्ती विष्टले विद्यालयको यो ऐतिहासिक सफलताले सम्पूर्ण विद्यालय समुदायलाई गर्वित बनाएको बताउँदै विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद गतिविधिहरूको महत्त्वमाथि जोड दिइन् । उनले खेलाडीहरू, प्रशिक्षकहरू र अभिभावकहरूको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
चितवनको भरतपुरमा रहेको डन एकेडेमीले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै राष्ट्रियस्तरका अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।