दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते

केशव

माघ २६, २०८१

share this:

चितवन । कालिका नगरपालिका वडा नं–३, प्रगतिटोलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

लामा चोकबाट ३ नम्बर वडा कार्यालयतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प २६८ नम्बरको मोटरसाइकल र भिमौलीबाट लाहुरे चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ८७७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा बागमती प्रदेश ०३–००४ प २६८ नम्बरको मोटरसाइकलका चालक सल्यान घर भई कालिका–६ बस्ने २५ वर्षीय नरेश रोक्का, बागमती प्रदेश ०३–००२ प ८७७७ नम्बरको मोटरसाइकलका चालक कालिका–८ बस्ने २३ वर्षीय निशान लायो मगर र निजका बुबा ४६ वर्षीय चित्रबहादुर लायो मगर घाइते भएका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको र टाउकोमा चोट लागेका चित्रबहादुरको अवस्था गम्भीर रहेको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र तीनै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।