जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, आँपटारी दियालो बंगला गेटनजिकै माइक्रोको ठक्करबाट पैदलयात्री वृद्ध गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख ५४९७ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री भरतपुर–२, आँपटारी बस्ने ६५ वर्षीय रामबहादुर उपरकोटी गम्भीर घाइते भएका हुन् ।
घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका छोरा संलग्न रहेका छन् ।
माइक्रो र चालक नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं–३, कोल्हुवा बस्ने ४७ वर्षीय दयाराम गुरौलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको जनाएको छ ।