पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला
असार २३, २०८१
खैरहनी । खैरहनी नगरपालिका वडा नं–१, ज्यामिरे चोकमा मोटरसाइकल र अनटेस्ट स्कुटर ठक्कर खाई दुर्घटना हुँदा एक वृद्धा घाइते भएकी छन् ।
ना ४० प २०४६ नम्बरको मोटरसाइकल र अनटेस्ट स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी–६ बस्ने ७० वर्षीय तारा पाण्डे घाइते भएकी हुन् ।
घाइते वृद्धाको पुरानो मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका आफन्त संलग्न रहेका छन् ।
दुवै सवारीसाधन र मोटरसाइकल चालक राप्ती–९ बस्ने ५३ वर्षीय बाबुराम पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।