चौबिसै घन्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन
जेष्ठ २२, २०८१

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, सीताराम चोकस्थित दम्काघोलमा रहेको पुलबाट बिहेमा प्रयोग हुने घोडासहितको रथ पुलबाट खस्दा चार जना घाइते भएका छन् ।
बुद्ध चोकबाट तोरिखेततर्फ जाँदै गरेको रथ पुलबाट तल खस्दा भरतपुर–६ बस्ने १५ वर्षीय प्रशान्त सुनार, नवलपुरको चोरमारा घर बताउने १७ वर्षीय सुशान्त कुमाल, भरतपुर–४ बस्ने ३३ वर्षीय विनय कँडेल र भरतपुर–४ बस्ने २० वर्षीय आनन्द महतो घाइते भएका हुन् ।
घोडा सामान्य घाइते भएको र रथमा सवार घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।