गैसस महासंघ नेपालको १७ बुँदे चितवन घोषणापत्र जारी
साउन २६, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२१, देवीदर्शनस्थित सडकखण्डमा स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक युवती घाइते भएकी छन् ।
जानकी चोकबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको ना ५२ प ११८३ नम्बरको स्कुटर र रङ्गिलाबाट विजय चोकतर्फ जाँदै गरेको ना ४० प ७८५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा स्कुटर चालक भरतपुर–२१ बस्ने १७ वर्षीया सन्तोषी अधिकारी घाइते भएकी हुन् ।
घाइते युवतीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा मोटरसाइकल चालक भरतपुर–२१ बस्ने कृष्णप्रसाद खनाल संलग्न रहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।