एलएस अटोले आफ्नै ब्रान्डको नयाँ इभी कार लन्च गर्ने तयारी

केशव

फाल्गुन ७, २०८१

share this:

भरतपुर । एलएस अटोले आफ्नै ब्रान्डको नयाँ इभी कार एलइभी ०१ क्रसओभर इलेक्ट्रिक एसयुभी लन्च गर्ने तयारी गरेको छ । एलएस अटोको आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले भरतपुरको सिजिआर रिसोर्टमा यही फागुन ९ र १० गते नयाँ कारको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ गर्ने भएको छ । सो क्याम्प बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने छ ।

विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजीअन्तर्गतको एलएस अटो एक नयाँ इनर्जी भेहिकल कम्पनी हो । यसले विगत २५ वर्षदेखि विभिन्न ब्रान्डका अटोमोबाइल डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्रयाल प्रोडक्सनजस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो । संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, हाइस्पिड रेलवे, हेलिकप्टर डिजाइनसम्ममा सम्मिलित रहेको छ ।

यो कम्पनीको जियाङसी प्रोभियन्समा वार्षिक एक लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाउँदै छ । कम्पनीले अहिलेसम्म नेपाललगायत मोरिसस, टर्की, इजिप्ट, नाइजेरियालगायत ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

कम्पनीले पहिलो मोडलको रुपमा एलइभी ०१ क्रसओभर इलेक्ट्रिक एसयुभी हो । एलएस अटोको सन् २०२५ मा थप दुई मोडलहरु एलइभी ०३ र एलइभी ०५ लन्च हुँदैछ । यी कारहरु एलएचएस र आरएचएस दुवै अप्सनमा बन्ने भएकोले छिट्टै नेपालमा समेत आउनेछन् । एलइभी ०३ एक प्रिमियम क्रसओभर इलेक्टिक एसयुभी हो भने एलइभी ०५ मिडसाइज कम्प्याक्ट एसयुभी हो ।

एलएस अटोले बनाएको पहिलो मोडल एलइभी ०१ नेपाल भित्रिसकेको छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलइभी ०१ नेपाल भित्रिएको हो । स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलइभी ०१ मा ६७।१ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

एलइभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट्रिक प्ल्याटफर्म एलइभी एक्समा बनेको यो इभीमा व्याट्री प्याक पोजिसन साइड बडी भन्दा अझै माथि रहेको छ । यसको व्याट्री प्याक र ग्राउन्डबीचको दुरी २२१ एमएमको रहेको छ । एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यसको व्याट्रीप्याक अन्य इभीहरुमा जस्तो ह्याङगिङ्ग भएकोजस्तो बाहिरबाट देखिँदैन ।

एस भोल्टको व्याट्री एनसिएम तथा व्लेड व्याट्रीभन्दा ८ प्रतिशतले बढी दक्ष रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयुभी निकै एरोडाइनामिक रहेको छ । यसको ड्रयाग कोफिसियन्ट इलेक्ट्रिक एसयुभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एक पटकको फुल चार्जमा ५००ं किलोमिटर सम्मको रेन्ज दिन्छ ।

प्रिमियम डिजाइन रहेको एलइभी ०१ मा होरिजेन्टल डिआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सिटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसिडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोडजस्ता फिचर रहेको छ ।

सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबिडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोलआदि फिचर रहेको छ ।