स्काउट स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता

केशव

असार ६, २०८२

share this:

रत्ननगर । नेपाल स्काउटको ७३औँ वार्षिकोत्सव तथा ७४औँ स्थापना दिवसको अवसरमा बिहीबार रत्ननगरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । चितवन राइनो रोबर रेञ्जर क्र्युले न्यु क्यापिटल कलेजको सभाहलमा व्यक्तित्व तथा समाज विकासमा स्काउटिङको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

२८ जना सहभागी उक्त प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिरकी छात्रा रोशाली ढकाल प्रथम, सनराइज बोर्डिङ स्कुलकी छात्रा सजिना खड्का द्वितीय, ग्रीन सोसाइटी पब्लिक स्कुलकी छात्रा प्रशंसा पाण्डे तृतीय र एकता शिशु निकेतनकी छात्रा आकृति ढकाल सान्त्वना भएका थिए ।

प्याब्सन चितवनका उपाध्यक्ष कृष्णप्रसाद भट्ट प्रमुखअतिथि रहेको उद्घाटन कार्यक्रममा रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, न्यु क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, प्याब्सन रत्ननगरका अध्यक्ष भुवन थापालगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा चितवन राइनो रोबर रेञ्जर क्र्युका अध्यक्ष वैकुण्ठ मरहठ्ठाले विद्यार्थीमा अन्तरनिहित क्षमता उजार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भन्दै वक्तृत्वकलामार्फत विद्यार्थीलाई जिम्मेवार बनाउन खोजिएको बताए । प्याब्सनका केन्द्रीय सदस्य दीपक राउत प्रमुखअतिथि रहेको समापन कार्यक्रममा चितवन राइनो रोबर रेञ्जर क्र्यु सचिव पशुपति उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

क्र्युका सदस्य सन्तोष अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्र्युका अर्का सदस्य सन्तोष पन्तले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताको निर्णायकमा अनिता अर्याल र विष्णु सापकोटा रहेका थिए ।