लमजुङमा पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता
असार १२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, रमाइलो चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
मधेश प्रदेश ०२–००८ प ००८८ नम्बरको मोटरसाइकल पल्टिँदा चालक धनुषा घर भई हाल भरतपुर–११, भोजाड डेरा गरी बस्ने २३ वर्षीय रवि सिंह घाइते भएका हुन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।