नेप्से परिसूचक ओरालो लाग्यो
चैत्र १, २०८०
माडी । माडी नगरपालिका वडा नं–४, सिधुवामा इलेक्ट्रिक अटोको ठक्करबाट साइकलयात्री बालक घाइते भएका छन् ।
वसन्तपुरबाट खैरहनीतर्फ जाँदै गरेको इलेक्ट्रिक अटोको ठक्करबाट माडी–४ बस्ने तुलसी महतोको १३ वर्षीय छोरा त्रिचन महतो घाइते भएका हुन् ।
घाइते बालकको बघौडा अस्पतालमा उपचार भइरहेको र उपचारमा बालकका ठूलो बुबा संलग्न रहेका छन् । दुर्घटनापश्चात् नम्बर नखुलेको इलेक्ट्रिक अटो फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।