समुदायमा कांग्रेस आत्मनिर्भर कार्यक्रमअन्तर्गत सिलाई मेसिन हस्तान्तरण

केशव

साउन २२, २०८१

share this:

रत्ननगर । नेपाली कांग्रेस नगरसमिति रत्ननगरको आयोजना एवं महाधिवेशन प्रतिनिधि शेरबहादुर परियारको सहयोगमा समुदायमा कांग्रेस आत्मनिर्भर कार्यक्रमअन्तर्गत सिलाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस नगरसमितिका कार्यवाहक सभापति कमलनाथ अधिकारीको सभापतित्व तथा कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरसमितिको संयोजन तथा वडा सभापतिहरुको सिफारिसमा २१ थान सिलाई मेसिन वितरण गरिएको हो ।

महाधिवेशन प्रतिनिधि परियार होटल व्यवसायी तथा समाजसेवी हुन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा रहेका कांग्रेसलाई आत्मनिर्भर बनाउन सानो सहयोग गरेको बताए ।

कार्यक्रममा प्रमुखअतिथि बानियाँले कांग्रेसलाई समुदायमा जोड्न समुदायका गरिब विपन्न परिवारलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । उनले महाधिवेशन प्रतिनिधि परियारको सहयोगको सराहना गर्दै कांग्रेसका हरेक नेता कार्यकर्ताले समुदायमा जोडिन यस्तै सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस रत्ननगरका नगर सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा चितवन क्षेत्र नं १ का सभापति किरणभूषणसिंह ओली, जिल्ला सभापति राजेश्वर खनाल, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, खैरहनी नगरपालिकाका नगरप्रमुख शशि खनियाँ, कांग्रेस नेता, जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।