आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्
बैशाख २६, २०८१
खैरहनी । खैरहनी नगरपालिका वडा नं–९, नमुना पेट्रोल पम्पअगाडि पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २१३९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना २६ प ७२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर–११ बस्ने ५० वर्षीय खड्कबहादुर श्रेष्ठ र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ८० वर्षीय अन्तबहादुर श्रेष्ठ घाइते भएका हुन् ।
दुवै घाइतेको सरकारी अस्पताल भरतपुरमा उपचारपश्चात् थप उपचारको लागि एलाइभ हस्पिटलमा उपचार भइरहेको र दुवै सवारीसाधन र ट्रक चालक मकवानपुरको मनहरी–१ बस्ने ४२ वर्षीय कृष्णहरि पुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।