मोटसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, पानीट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा मोटसाइकल र स्कुटर एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
रामनगरबाट आँपटारीतर्फ जाँदै गरेको ग २४ प ५३१९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८४ प २०२९ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाँदा दुवै सवारीसाधनमा सवार तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकलका चालक दाङको घोराही बस्ने २५ वर्षीय लोकबहादुर घर्तीमगर, सोही मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय सुजन राई, स्कुटरमा सवार ३० वर्षीय विनोद सुनार रहेका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी)मा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते सुनारलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो हस्पिटल काठमाडौँमा पठाइउको र उपचारमा निजका बुबा वीरबहादुर सुनार संलग्न रहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय रामनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।