प्रजातन्त्रवादी कर्मचारी युनियन रत्ननगरमा अर्याल
माघ १०, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, कसरा पेट्रोलपम्पनजिक म्याजिकको ठक्करबाट मोटरसाइकल चालक वृद्ध घाइते भएका छन् ।
ना १७ प ७९७२ नम्बरको मोटरसाइकललाई ना १ ज ८६३६ नम्बरको म्याजिकले पछाडिबाट ठक्कर दिँदा भरतपुर–१४ बस्ने ६२ को एकप्रसाद तिमल्सिना घाइते भएका छन् ।
घाइते वृद्धको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उपचारमा निजका छोरा संलग्न रहेको र दुवै सवारीसाधन तथा म्याजिक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।