एम्बुलेन्स चालकको समस्या समाधान गर्न प्रचण्ड प्रतिबद्ध
माघ २१, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१६, सक्रिय टोलमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००१ ख ०८५२ नम्बरको टिप्परले ना ४६ प १३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको ऋषिङ गाउँपालिका वडा नं–३ घर भई हाल भरतपुर–२ डेरा गरी बस्ने २० वर्षीय समीर थापामगर र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने २४ वर्षीय खुमराज थापामगर घाइते भएका हुन् ।
दुवै घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र टिप्पर चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं–८ बस्ने २४ वर्षीय ङ्वाङ लामा वडा प्रहरी कार्यालय, नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।