‘परीक्षाको प्रश्नपत्र दिने’ प्रलोभन देखाइ छात्रामाथि बलात्कार गर्ने शिक्षक पक्राउ
फाल्गुन १०, २०८१
चितवन । भरतपुर महानगरपालिका वडा नं–११, गोरखाली टोल स्कुटरले साइकलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
बागमती प्रदेश ०६–००३ प १८७७ नम्बरको स्कुटरले साइकलयात्री बारा कलैयामाई गाउँपालिका वडा नं–७ बस्ने ३० वर्षीय प्रमोद धामी, स्कुटर चालक भरतपुर–११, गोरखाली टोल बस्ने १६ वर्षीय एन्जल मगर र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने १५ वर्षीय रोहित सुनार घाइते भएका छन् ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका धामीको थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।