इभी भ्यान अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते

केशव

फाल्गुन १३, २०८१

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–५, नारायण चोकस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०५८९ नम्बरको इभी भ्यान अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं–८ बस्ने ५१ वर्षीय दशक बलामी, काभ्रे खानिखोला गाउँपालिका वडा नं–४ बस्ने ३० वर्षीया शान्ति बन्जारा, निजका छोरी चार वर्षीया आइसा बन्जारा र निजका छोरी दुई वर्षीया जेनिशा बन्जारा रहेका छन् ।

यस्तै, भरतपुर–११ बस्ने २१ वर्षीय सुजन सुनार, मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं–८, कमाने बस्ने २८ वर्षीय सतिश अधिकारी, भरतपुर–१७, भुवनबस्ती बस्ने ४७ वर्षीय अमितकुमार थापा, हेटौँडा–७ बस्ने १९ वर्षीय हिमानी देवकोटा, मकवानपुर गढी गाउँपालिका वडा नं–४ बस्ने २० वर्षीया सविता थिङ र मकवानपुरको पालुङ बस्ने ४० वर्षीया बाटुली न्यौपाने घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको छ ।

यसैगरी, दुर्घटनामा घाइते भएका चितवनको भरतपुर–२, क्षेत्रपुर बस्ने ३३ वर्षीया बिना बोहरा र नवलपरासीको कावासोती–१७ बस्ने ६८ वर्षीया चन्द्रबहादुर कामीको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको छ ।

चालक मकवानपुरको हेटौँडा–५ बस्ने ४२ वर्षीय नवराज श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।