स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु

केशव

माघ १६, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१६, विजयनगर चोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

नयाँबस्तीबाट विजयनगरतर्फ जाँदै गरेको ना ५७ प १९४१ नम्बरको स्कुटरको ठक्करबाट टाउकोमा रगत जमेको अवस्थामा गम्भीर घाइते भएकी भरतपुर–१६, विजयनगर बस्ने ८१ वर्षीया नन्दकला पौडेलको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारका क्रममा बुधबार बिहान १२ः४९ बजे मृत्यु भएको हो ।

स्कुटर चालक भरतपुर–१७ बस्ने ३९ वर्षीय टंकप्रसाद सापकोटालाई स्कुटरसहित नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।