जङ्गली च्याउ खाँदा प्रजा परिवारका छ जना बिरामी

केशव

जेष्ठ १८, २०८२

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–११, कोराकमा जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् ।

राप्ती–११ बस्ने ३५ वर्षीया बुद्धिमाया प्रजा, ३० वर्षीया मतिमाया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीय अमृत प्रजा र ३ वर्षीय शिशु सलिन प्रजा बिरामी भएका हुन् ।

घाइतेहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा आफन्त बालकुमार प्रजा संलग्न रहेको इलाका प्रहरी कार्यालय, भण्डाराले जनाएको छ ।