सात करोड बढी रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्षसहित तीन पक्राउ
जेष्ठ २७, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, भतेरी जङ्गलमा मोटरसाइकल स्कुटरसँग ठोक्किएर पुनः डिब्बा ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रामगरबाट जुगेडीतर्फ जाँदै गरेको बा २५ प ४४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३०३ प ५२५७ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भइ रामनगरबाट जुगेडीतर्फ जाँदै गरेको ना६ख ४७५१ नम्बरको डिब्बा ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक प्युठानको बागेमरोर–२ बस्ने ३१ वर्षीय सुदीप रानालाई नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा लगिएकोमा डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका थिए ।
प्रहरीले तीनवटै सवारीसाधन, स्कुटर चालक भरतपुर–११ बस्ने २१ वर्षीय दिपेश मगर र डिब्बा ट्रक चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।