बोलेरोको ठक्करबाट स्कुटर चालक महिला घाइते

केशव

चैत्र ५, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुर चोकमा बोलेरोको ठक्करबाट स्कुटर चालक महिला घाइते भएकी छन् ।

डाङ्ग्रे चोकबाट लायन्स चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ च २०६३ नम्बरको बोलेरोको ठक्करबाट रामेश्वर मन्दिरबाट लीला चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०६०१ प ३०२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर–१ बस्ने ४४ वर्षीया रोशनी श्रेष्ठ घाइते भएकी हुन् ।

घाइते महिलाको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र उपचारमा श्रीमान् संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै सवारीसाधन र बोलेरो चालक मकवानपुरको हेटौँडा–१२ बस्ने २१ वर्षीय मनिष थापा नियन्त्रणमा लिएको छ ।