जंगल सफारीमा गएको गाडी दुर्घटनामा आठ घाइते

खैरहनी । खैरहनी नगरपालिका वडा नं–१३, दराई बोटेतालमा चितवन राष्ट्रिय निकुञ्ज कुमरोज सामुदायिक वनभित्र सफारीको लागि गएको गाडी दुर्घटनामा आठ जना घाइते भएका छन् ।
ना ३ च १८६१ नम्बरको सफारी गाडी अनियन्त्रित भई पल्टिँदा गाडीमा सवार सफारी गाइड रत्ननगर ७ बस्ने ४१ वर्षीय परशुराम बोटे, नवलपुरको त्रिवेणी नगरपालिका वडा नं ५ बस्ने ३० वर्षीया इशुमाया श्रेष्ठ, सोही ठाउँ बस्ने ५ वर्षीय क्रिजल, १० वर्षीया निरजल श्रेष्ठ, २ वर्षीया क्रिन्जल श्रेष्ठ, ३८ वर्षीया नारायण श्रेष्ठ, २१ वर्षीया सोनु श्रेष्ठ, १९ वर्षीया प्रतिमा श्रेष्ठ सामान्य घाइते भएका हुन् । गाइड बाहेक सबै घाईते एकै परिवारको रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको राज मेडिकल, सौराहामा उपचार भइरहेको छ । सफारी चालक फरार रहेको र गाडी साहु राप्ती–९ बस्ने ४५ वर्षीय ईश्वरी बोगटी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।