एक करोड ५० रुपैयाँ ठगी गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ
जेष्ठ २१, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–९, टिकौली जंगलस्थित पूर्वपश्चिम राजमार्गमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् ।
गोन्द्राङबाट टाँडीतर्फ गइरहेको ना ५ ख २५१० नम्बरको ट्याङ्करले ना १७ प २७६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गोरखाको पालुङटार नगरपालिका वडा नं–७ बस्ने २२ वर्षीय सन्तोष पाण्डे घाइते भएका हुन् ।
घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन र ट्याङ्कर चालक प्रहरी चौकी गोन्द्राङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।