सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना : ४३ यात्रु घाइते

केशव

बैशाख ४, २०८२

share this:

मनहरी । मनहरी गाउँपालिका वडा नं–६, सुनाचुरीस्थित पूर्वपश्चिम सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । इटहरीबाट ५२ जना यात्रु लिएर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।

बसमा सवार ४३ जना घाइते भएकोमा नौ जनाको नयाँ मेडिकल कलेज (सिएमसी) र ३४ जनाको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुमा पूर्वी नवलपरासीको कावासोती–४, हसौरा बस्ने १६ वर्षीया इशा महतो, सिरहाको धनगढीमाई–६ बस्ने ६८ वर्षीय रामचन्द्र महतो, मोरङको विराटनगर–६ बस्ने २४ वर्षीया पूजा राई र रुपन्देही बस्ने १२ वर्षीया अनुराधा चौधरी रहेका छन् ।

यस्तै, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय मोहम्मद गुल्सेर, भारत बिहार घर भई हाल अर्घखाँची बस्ने २४ वर्षीय यामडी हारुन, सोही ठाउँ बस्ने २९ वर्षीय मोहम्मद सामुदिन, भारत घर भई हाल भरतपुर–१, पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल र वतन नखुलेकी ४५ वर्षीया मीना चौधरीको पनि सिएमसीमा उपचार भइरहेको छ ।

यस्तै, पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुमा सुनसरीको इनरुवा–१ बस्ने १९ वर्षीया रेश्मा प्रसाईं, ४६ वर्षीय राजेन्द्रकुमार प्रसाईं, लहान घर भई भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देहीको भैरहवा बस्ने १५ वर्षीया लक्ष्मी चौधरी, दुई वर्षीय ओम चौधरी, विराटनगर–६ बस्ने १७ वर्षीया भूमिकाकुमारी राई, भारत घर भई हाल भरतपुर–१० बस्ने १२ वर्षीया आवृति साह, कावासोती–४ बस्ने ६५ वर्षीया नन्दकुमारी महतो रहेका छन् ।

यसैगरी, भारत सिपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महम्मद गुल्सेर, सप्तरीको छिन्नमस्ना–५ बस्ने २७ वर्षीय शम्भुकुमार चौधरी, भारत सिपोल जिल्ला कुशवहार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरीको घर भएका ३४ वर्षीय इन्द्रजित साह, सुनसरीको धरान–१७ बस्ने ३९ वर्षीय खडक विक, सप्तरीको खडक–१ बस्ने २५ वर्षीय रमेश साह र सुनसरीको रामधुनी–१ बस्ने ३६ वर्षीय धीरज चौधरीको पुनानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत अन्य घाइतेहरुमा सुनसरीको इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, भरतपुर–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुरको बेला–१ बस्ने ३० वर्षीया पूजा बस्नेत, सुनसरीको बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदीप काफ्ले, ३० वर्षीय सुजन काफ्ले, रुकुम घर भएका २४ वर्षीय बेबि ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल कश्मी रहेका छन् ।

यसैगरी, सुनसरीको धरान–५ बस्ने २४ वर्षीय दानबहादुर नेपाली, सुनसरी बराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, इटहरी–१ बस्ने २९ वर्षीया शिवा थारु, निजका छोरा दुई वर्षीया हमान थारु, कावासोती–४ बस्ने १४ वर्षीया उर्मिला महतो, सोही ठाउँ बस्ने ७ वर्षीया सम्झना महतो, नवलपरासी पश्चिमको सुस्ता बस्ने २७ वर्षीय मनिषा पुलामीमगर, निजका छोरी ८ वर्षीया माहयु थापामगर, भोजपुरको हलुवागढी–४ बस्ने २१ वर्षीया ममता नेपाली, सप्तरीको खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी र सुनसरीको बराहक्षेत्र–३ बस्ने ३४ वर्षीय बिसन धामीको पनि पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनापश्चात् इलाका प्रहरी कार्यालय मनहरीले मध्यम १६ जना र सामान्य २७ जना घाइतेहरुको उद्धार गरी अस्पताल पठाएको थियो । बस चालक बाराको कोल्बी–११ बस्ने २९ वर्षीय राकेश चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।