कार र मोटरसाइकल ठोक्किँदा दुई घाइते

केशव

बैशाख २३, २०८२

share this:

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–४, कुरिनघाटस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल र कार एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ९७६७ नम्बरको मोटरसाइकल र बा १७ च ६२९४ नम्बरको कार ठक्कर खाँदा मोटरसाइकल चालक खैरहनी–१० बस्ने ५२ वर्षीय टंकप्रसाद छत्कुली र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीया जानुका छत्कुली घाइते भएका हुन् ।

दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र कार चालक बाग्लुङ नगरपालिका वडा नं–११ बस्ने ४६ वर्षीय दलबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।