माछापुच्छ्रे मार्ग आमा समूहको जनचेतनामूलक कार्यक्रम

केशव

जेष्ठ ९, २०८२

share this:

भरतपुर । भरतपुर–११, गोर्खाली टोल विकास संस्थाअन्तर्गत रहेको माछापुच्छ्रे मार्ग आमा समूहले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

माछापुच्छ्रे मार्ग आमा समूहकी अध्यक्ष विमला पाण्डेको नेतृत्वमा गोर्खाली टोल विकास संस्थाकी अध्यक्ष धना थापामगर र भोजाड प्रहरी चौकीका हबलदार मिथुन रामको विशेष उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सरकारी तथा निजी विद्यालयका गाडीभित्र डस्बिन भए–नभएको चेकजाँच, विद्याथीहरुलाई सकेसम्म ड्राइफुड नखान यदि खानै परे बिस्कुट, चाउचाउआदिका खोल डस्बिनमा मात्र फाल्न, घरमा पनि फोहोर फाल्न डस्बिन प्रयोग गर्न सचेतना प्रदान गरिएको थियो ।

यस्तै, डस्बिन प्रयोग भएका विद्यालय, बसका ड्राइभर र सहयोगीलाई धन्यवाद दिइएको थियो । डस्बिन प्रयोग नभएका विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरी गाडीमा अनिवार्यरूपमा डस्बिन राख्न सल्लाह सुझाव दिइएको कार्यक्रमका संयोजक सूर्यराज आचार्यले जानकारी दिए ।

कार्यक्रममा २४ विद्यालयका गाडीको अनुगमन तथा निरीक्षण गरी सचेतना प्रदान गरिएको थियो ।