नेपाल भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु

केशव

जेष्ठ २३, २०८२

share this:

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–४, कुरिनटारमा नेपाल भ्रमणमा आएका भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपाल भ्रमणमा आएका गुजरातका ६२ वर्षीय भारतीय नागरिक मन्जन भाइ बागाको स्वास्थ्यमा समस्या आइ आफन्तले इच्छाकामना आधारभूत अस्पतालमा ल्याई उपचार गर्नेक्रममा डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रहरी चौकी कुरिनटारले मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पतालमा पठाएकोमा आफन्तले पोस्ट मार्टमपश्चात् शव बुझिलगेको प्रहरीले जनाएको छ ।