स्कार्पियो र स्कुटर ठोक्किँदा तीन जना घाइते

केशव

असार १८, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, सिजी ल्यान्डमार्क होटलअगाडि स्कार्पियो र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका छन् ।

बिआर ०७ डिए ८११७ नम्बरको स्कार्पियो र बागमती प्रदेश ०६–००२ प १२६२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर स्कुटर चालक भरतपुर–४ बस्ने २२ वर्षीय भूपेश पुलामीमगर, स्कुटरपछाडि भरतपुर–४ बस्ने २० वर्षीय सलिना गुरूङ र भरतपुर–१० बस्ने २३ वर्षीय पूजा थापा घाइते भएका हुन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र स्कार्पियो चालक भारतको बिहार सीतामडी बस्ने ३० वर्षीय समर शर्मा उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।