स्कुटरको ठक्करबाट साइकलयात्री महिला घाइते

केशव

असार १९, २०८२

share this:

खैरहनी । खैरहनी नगरपालिका वडा नं–६, खैरहनी चोकस्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट साइकलयात्री महिला घाइते भएकी छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प ५७७० नम्बरको स्कुटरले साइकलयात्री खैरहनी–५ बस्ने ६२ वर्षीया मायादेवी सुवेदी घाइते भएका हुन् ।

घाइते महिलाको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको र स्कुटर चालक खैरहनी–३ बस्ने २९ वर्षीय अनिल मोक्तानलाई सकुटरसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।